
नेपालमा भारतका ‘मोस्ट वान्टेड’ हतियार तस्कर ‘सलिम पिस्टल’ पक्राउ परेको दाबी
काठमाडौं- भारतको मोस्ट वान्टेड हतियार तस्कर शेख सलीम उर्फ ‘सलिम पिस्टल’ नेपालमा पक्राउ परेकाे दाबी गरिएकाे छ। दिल्ली प्रहरीको स्पेशल सेल, भारतीय सुरक्षा एजेन्सीहरू र नेपाल प्रहरीले संयुक्त अपरेशनमार्फत २०७५ साउन २४ गते उनलाई नियन्त्रणमा लिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।
को हुन् सलिम पिस्टल?
दिल्लीको सिल्लमपुर, जाफराबाद निवासी शेख सलीमको अपराधको यात्रा निकै फिल्मी छ। आर्थिक अभावका कारण आठौं कक्षामा पढाइ छोडेपछि उनी निजी चालक बने। तर सन् २००० मा साथी मुकेश गुप्ता उर्फ काकासँग मिलेर गाडी चोरीको अपराधमा संलग्न भए। त्यसै वर्ष २५ मेमा चोरीको आरोपमा पक्राउ परे।
अपराधीबाट हतियार तस्कर
उनी सन् २०११ मा उनी ठूलो डकैतीमा संलग्न भई पक्राउ परे। त्यसपछि अवैध हतियार तस्करीमा लागे। उनले पाकिस्तानबाट अत्याधुनिक हतियार भारतमा ल्याउने नेटवर्क चलाउन थाले। उनी पाकिस्तानको गुप्तचर संस्था आइएसआइ र डाऊद इब्राहिमको डी कम्पनीसँग लागेकाे पनि अनुसन्धानले देखाएकाे छ।
भारतका कुख्यात गैंगस्टरलाई हतियार सप्लाई
सलिमले लॉरेंस बिश्नोई, हाशिम बाबा लगायत धेरै कुख्यात गैंगस्टरहरूलाई हतियार सप्लाई गरेका थिए। उनका नाम सिद्धू मूसेवाला हत्या र बाबा सिद्दीकी मर्डर जस्ता प्रमुख मुद्दामा समेत जोडिएको छ। उनको नेटवर्कले भारत-नेपाल-पाकिस्तानसम्म फैलिएको थियो, जसले राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती खडा गरेको थियो।
भागेर नेपालमा लुक्ने प्रयास
सन् २०१८ विदेश भागेका सलिम नेपालमा लुकेको पत्ता लाग्यो। सुरक्षाकर्मी र खुफिया एजेन्सीहरूबीच समन्वयमा लामो खोजपर्दा नेपालमा उनी फेला परे र पक्राउ गरिए।
पक्राउपछि उनलाई अनुसन्धानका लागि दिल्ली र नेपाली सुरक्षा एजेन्सीहरूले संयुक्त रुपमा सोधपुछ गरिरहेकाे बताइएकाे छ। तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले भने आफूलाई जानकारी नभएको बताइरहेका छन्।



कागजपत्र |
