
एएफसी यू–२० महिला एसियन कपः उत्तर कोरियासँग ७–० ले पछाडि
काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल उत्तर कोरियासँगको खेलमा पहिलो हाफमै ५ गोलले पछि परेको छ ।
भुटानमा जारी छनोटमा नेपाल उत्तर कोरियासँग खेलेको ५५ औं मिनेटसम्म ७ गोलले पछि परेको हो ।
खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्यो ।
पहिलो हाफमा ५–० ले पछि परेको नेपालले दोस्रो हाफको १० मिनेटभित्र थप २ गोल खाएको थियो ।



कागजपत्र |
