पर्सामा १० रुपैयाँको प्रलोभनमा पारेर बालिकामाथि दुष्कर्म गर्ने ४६ वर्षका पुरुष पक्राउ


पर्सामा- पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।

प्रहरी अनुसार गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यही दिन किटानी जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पक्राउ परेका साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

प्रतिक्रिया