‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी हुने छन्’


काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने व्यंग्यपूर्ण टिप्पणी गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले ३० वर्षसम्ममा तीन सन्तान जन्माउन आग्रह गरेको कुरा स्मरण गराउँदै, यदि १६ वर्षमै सन्तान जन्माए भने झनै खुशी मानिने र पुरस्कार दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले केही समयअघि सार्वजनिक कार्यक्रममा ३० वर्षभित्र तीन सन्तान जन्माउन आग्रह गरेका थिए। सो अभिव्यक्तिप्रति जवाफ दिँदै अध्यक्ष नेपालले भने, “अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी हुने छन्, पुरस्कार दिन पनि कुनै पछि पर्दैनन्। तीन सन्तान जन्माउनुपर्छ भनेका छन्।”

उनले संसारमा असम्भव केही पनि नभएको पनि बताएका छन्।

प्रतिक्रिया