खाडी पठाउन दिल्ली पुर्‍याइएका ४० नेपाली महिला स्वदेश फर्काइँदै


काठमाडाैं- भारतको दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। विदेशमा रोजगारीको प्रलोभन देखाई गैरकानुनी रूपमा दिल्ली पुर्‍याइएका उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबईलगायतका खाडी मुलुकहरूमा पठाउने तयारी भइरहेको खुलासा भएको हो।

नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबै नेपालीलाई आज काठमाडौं ल्याइँदैछ।

प्रतिक्रिया