सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडाैं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया