
विवाहको प्रलोभनमा भारत लगेर बेच्ने तिमल्सिना १६ वर्षपछि पक्राउ
काठमाडौं — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १६ वर्षदेखि फरार रहेका राजन तिमल्सिना पक्राउ परेका छन्। सिन्धुलीमा दर्ता रहेको मुद्दाका प्रतिवादी तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार पक्राउ गरेको हो।
तत्कालीन हाज्मा कम्पनी, सिन्धुलीमा काम गर्ने क्रममा तिमल्सिनाले सोही कम्पनीमा पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (नाम परिवर्तन) लाई विवाह गर्ने प्रलोभन देखाएर भारतमा लगेर बेचेको आरोप लागेको छ।
पीडितको दिदीले आफ्नी बहिनीलाई बेचेको भन्दै तिमल्सिनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि उनी फरार भएका थिए।
पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
