
पुसयता ७३ जिल्लामा १,८६९ जनामा डेंगु संक्रमण, गण्डकीमा सबैभन्दा बढी
काठमाडौं- पुस महिनादेखि अहिलेसम्म ७३ जिल्लामा १,८६९ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाले जनाएको छ।
शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म मनाङ, रसुवा, हुम्ला र डोल्पामा डेंगु संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छैन। गण्डकी प्रदेशमा सबैभन्दा बढी ४५१ जनामा डेंगु संक्रमण देखिएको छ।
त्यस्तै, बागमती प्रदेशमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा ३००, सुदूरपश्चिममा २६४, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
चिकित्सकहरूका अनुसार डेंगु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जुन लामखुट्टे सफा पानी जम्मा भएको भाँडो वा ठाउँमा हुर्कन्छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुका प्रमुख लक्षणहरूमा अत्यधिक शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्ने वा वान्ता हुने समावेश छन्।



कागजपत्र |
