लागुऔषध कारोबारी पक्रन झापामा चल्यो गोली


झापा – झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर दुई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनीहरूलाई जाँच गर्न खोज्दा प्रतिकार गरेपछि ६ राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

गोली लागेर घाइते भएका एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि हिरासतमा राखिएको छ ।

पक्राउ परेकामध्ये भारत बिहार राज्यको किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँ रहेका छन् ।

उनीहरूको साथबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया