खुर्साने खोलाले सडक बगाएपछि दाउन्ने-बर्दघाटखण्ड अवरुद्ध


नवलपुर – नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको छ ।

गए रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि लामो र छोटो दुरीका सवारी साधन बाटोमै रोकिएका छन् ।

सडक मर्मतको कार्य छिटो शुरू गरिने नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ ।

प्रतिक्रिया