भारतमा कोरोनाः सचिन तेन्दुलकरदेखि आलिया भट्टसम्मलाई कोरोना


मुम्बई – पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेसँगै भारतका धेरै सेलिब्रेटीहरु संक्रमित भएका छन् ।

यसैक्रममा पछिल्लो समाचारअनुसार भारतीय अभिनेत्री आलिया भट्टलाई कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो दिनमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बलिउडका कालाकारहरु पनि एकपछि अर्का संक्रमित बन्न थालेका छन् ।

आलियासँगै अभिनेता रणवीर कपुर र बप्पी लहरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सञ्जय लीला भन्साली पनि केही साताअघि संक्रमित भएका थिए ।

यससँगै भारतमा कोरोना संक्रमित हुने सेलिब्रेटीको सूचीमा सचिन तेन्दुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारियालाई कोरोना पोजेटिभ देखिइसकेको छ ।

त्यस्तै पछिल्लो समाचारअनुार नायिका मोनालिसालाई पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि भारतमा पहिलो चरणको कोरोना लहरको क्रममा बलिउड अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या बच्चनलाई कोरोना संक्रमण भएको थियो ।

यसैबीच अमिताभ बच्चनले बिहीबार मात्र कोरोना भ्याक्सिन लगाएका छन् । अघिल्लो चरणमा नै बच्चनपत्नी जयाबाहेक सबैलाई कोरोना संक्रमण भएको थियो । अहिले बच्चनका सबै परिवारले कोरोनाको भ्याक्सिन लगाएको बताएका छन् ।

त्यस्तै भारतमा धर्मेन्द्र, सतीश शाह, जोनी लिवर, जितेन्द्र, हेमा मालिनी, सलमान खानलगायतका बलिउड हस्तीहरुलाई कोरोना संक्रमण देखिइसकेको छ ।

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा मात्र ८१ हजार भन्दा बढीलाई संक्रमण देखिएको भारतमा ४ सय ८६ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा १ करोड २३ लाख २ हजार १ सय १० संक्रमित भएका छन् भने १ लाख ६३ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया