मोरङमा लागुऔषध नियन्त्रण अपरेसन, दुई राउन्ड गोली प्रहार गर्दै तीन पक्राउ


विराटनगर- मोरङको रंगेली नगरपालिका–८ मा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एकजना भारतीय महिला रहेका छन्। भारतीय महिलाको परिचय भने अझै खुल्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न थिए र उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेपछि हवाई फायर गर्नुपरेको थियो। उक्त अपरेसनमा इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वको टोली परिचालित भएको थियो।

प्रतिक्रिया