एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा गुञ्जन पक्राउ


काठमाडौं- सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानमाथि गालीगलौज गरेको अभियोगमा कवि गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार गायिका चौहानले दिएको जाहेरीका आधारमा राईलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिरहेको जनाएको छ।

कवि गुञ्जन राई केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ भित्र परेका प्रतिस्पर्धी हुन्।

हाल प्रहरी घटनाको थप अनुसन्धानमा जुटिरहेको छ।

प्रतिक्रिया