
न्यूरोडमा नगर प्रहरीको ज्यादती विरोधमा व्यवसायीले गरे सटर बन्द
काठमाडौं- काठमाडौंको न्यूरोडस्थित ताम्राकार हाउस क्षेत्रमा नगर प्रहरीसँगको विवादपछि व्यवसायीहरूले सटर बन्द गरेका छन्। ग्राहकहरूले एकछिनका लागि मोटरसाइकल रोकेकै भरमा नगर प्रहरीले ह्विल लक गर्नेजस्तो ज्यादती गरेपछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।
‘ग्राहकहरूलाई उभिन पनि नदिने व्यवहार भएपछि हामी सबै व्यवसायी मिलेर शान्तिपूर्ण रूपमा पसल बन्द गरेका हौँ,’ ताम्राकार हाउसका एक व्यवसायीले बताए। उनका अनुसार न्यूरोडको पाको क्षेत्रसहित वरपरका पसलहरू पनि बन्द गरिएको छ।
नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले भने बाइक नो पार्किङ क्षेत्रमा राखिएकाले ह्विल लक गरिएको र त्यसपछि केही बेर विवाद भएको स्वीकार गरे। ‘पसल किन बन्द भए भन्ने थाहा छैन, तर हामीले यो घटनालाई सामान्य रूपमा लिएका छौँ,’ उनले भने।



कागजपत्र |
