
काठमाडौं अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ
काठमाडौं – चोरी मुद्दाका आरोपित २१ वर्षीय निराजन ठकुरी (दशरथ शाही) काठमाडौं अदालतको शौचालयबाट फरार भएपछि गंगबुबाट पुनः पक्राउ परेका छन्।
उनलाई आइतबार थुनछेक बहसका लागि प्रहरीले अदालतमा लगेको थियो। प्रहरीले उनलाई हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मा लगाएर सुरक्षा गरिरहेको थियो। तर, थुनछेक बहस चलिरहेको ४ नम्बर इजलासमा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका ठकुरी हतकडीसहित फरार भएका थिए।
प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, फरार ठकुरीलाई बसपार्कबाट पक्राउ गरिएको छ। उनी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ घर भई हाल गंगबुमा बस्दै आएका थिए। ठकुरीलाई २०८२ जेठ २० गते पक्राउ गरी प्रहरीले लैनचौर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
