
मनमैजुस्थित होटलमा एक पुरुष मृत फेला
काठमाडौं- तारकेश्वर नगरपालिका–११ मनमैजुस्थित एक होटलको कोठामा एक पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार मनमैजुस्थित आनन्द टोलमा रहेको राप्ती फेन्सी होटलको कोठा नम्बर २०२ मा ३५ वर्षीय पुरुष सम्पूर्ण गौतमको शव फेला परेको हो। उनी नुवाकोटको लिखु गाउँपालिका–५ का बासिन्दा रहेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।



कागजपत्र |
