९० लाखको खाली चेक दिने कट्टेल पक्राउ


काठमाडौं – बैङ्किङ कसुरका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गापा २ घर भई हाल काठमाडौँ ११ बबरमहल बस्ने ३९ वर्षीय प्रकाश कट्टेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले सृजन प्याकुरेलको नब्बे लाख रुपियाँ रकम लिएर खाली चेक दिई ठगी गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।

प्रतिक्रिया