
‘बर्थ डे’ मनाउँदै पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मदिन मनाउने तयारी गरेका छन् ।
संसद सचिवालयका अनुसार पूर्वराजा शाहले निर्मल निवासमै असार २३ गते ७९ औं जन्मदिन मनाउने भएका हुन् ।
जन्मदिनका अवसरमा सो दिन शाहलाई जन्मदिनको शुभकामना दिनका लागि सर्वसाधारणहरुका निम्ति निर्मल निवास खुला गर्ने समेत जनाइएको छ ।
पछिल्लो समय ‘राजा फर्काउने’ भन्दै राजावादीहरुको सक्रियता बढिरहेको बेला संवाद सचिवालयले ज्ञानेन्द्रको जन्मदिनका लागि १० दिन अगाडि नै विज्ञप्ति नै जारी गरेको छ ।




कागजपत्र |
