ललितपुरको छम्पीमा संकास्पद मृत्यु : १८ वर्षीया सुशिला मृत भेटिइन्


ललितपुर- ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित एक गाई फर्ममा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार मृतक मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन हुन्। उनी आफ्ना २० वर्षीय श्रीमान् पाल्साङ बम्जनसँगै फर्ममा काम गर्दै आएकी थिइन्।

अमृत विष्टको स्वामित्वमा रहेको उक्त गाई फर्ममा उनीहरूले पछिल्लो ११ दिनदेखि काम गरिरहेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया