‘बर्थडे’ पार्टीमा मदिरा लागेपछि साथीको हत्या, ४ जना पक्राउ


काठमाडौं — जन्मदिनको पार्टीका क्रममा भएको विवादले ज्यान लिने घटना भएको छ। बुढानिलकण्ठ–५ टुसालमा शुक्रबार (असार ६) बेलुका एक युवकको कुटपिटबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, बाराको निजगढ–८ निवासी ३२ वर्षीय कृष्ण लामाको कुटपिटबाट मृत्यु भएको हो। उनी विकास लामाले आयोजना गरेको बहिनीको जन्मदिनको पार्टीमा सहभागी भएका थिए।

पार्टीका क्रममा मदिरा सेवनपछि भएको विवाद हिंसामा परिणत हुँदा कृष्णको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपमा विकास लामा, सुगन्द लामा, सौगात क्षेत्री र निसान जिम्बालाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनीहरू प्रहरी हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया