वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ


काठमाडौं — वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली स्थायी निवासी तथा हाल काठमाडौंमा बसोबास गर्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल रहेका छन्।

प्रहरीका अनुसार बलले क्रोएसियामा रोजगारी दिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेका थिए। उनी घटनापछि फरार थिए।

पक्राउपछी उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया