
२ वर्ष कैद र २१ लाख बिगो भएका प्रतिवादी काठमाडौंबाट पक्राउ
काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले बैंकिङ कसुरमा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–१३ छाउनी निवासी ५२ वर्षीय प्रणवलाल सिं हुन्। उनी २१ लाख रुपैयाँ बराबरको बिगो र २ वर्ष कैद सजाय सुनाइएको बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए।
दिउँसो असार ५ गते उनलाई खोजतलास गरी प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिंलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको छ। यसबारेमा प्रहरी उपरीक्षक तथा सूचना अधिकारी अपील राज बोहराले जानकारी दिएका छन्।



कागजपत्र |
