एक करोड १५ लाखको खाली चेक दिएर ठगी गर्ने वीरन्द्र खत्री पक्राउ


काठमाडौं- एक करोड १५ लाख रुपैयाँको रकम नभएको चेक दिएर ठगी गर्ने वीरन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको साँगाचोक–८ (हाल चौतारा साँगाचोकगढी–११) स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक–५, कटुन्जेमा बसोबास गर्दै आएका ४० वर्षीय खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले बुधबार कटुन्जेबाट पक्राउ गरेको हो।

उनीमाथि नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिलाई झुक्याएर रकम नभएको चेक दिएकाे आरोप छ। प्रालिले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले २०८१ साउन २५ गते खत्रीलाई एक करोड १५ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने र दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो।

पक्राउपछि खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया