
सांसद मेटमणिविरुद्ध साढे ५ करोडको बैंकिङ कसुरमा जाहेरी
दाङ- नेकपा (एस) का सांसद तथा पार्टी उपमहासचिव मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी जाहेरी हुलाकमार्फत प्राप्त भएको हो। प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले उजुरीको आधारमा मुद्दा दर्ता प्रक्रियामा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिए।
दाङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी नेकपा (एस) का प्रमुख सचेतकसमेत हुन्।
प्रहरी स्रोतका अनुसार, चौधरीमाथि बैंकिङ कसुर वा ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानुनी परामर्श सुरु गरिएको छ। उजुरीका आधारमा थप छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
उक्त उजुरी को नामबाट परेको हो भन्नेबारे प्रहरीले हालसम्म खुलाएको छैन।



कागजपत्र |
