फेरिए भक्तपुर र अर्घाखाँचीका सिडियो


काठमाडाैं – गृह मन्त्रालयले तीन जना सहसचिवको सरूवा गरेको छ।

बिहीबार मन्त्रालयले गरेको निर्णयअनुसार तीन जना सहसचिवको सरूवा गरेको हो।

गृह मन्त्रालयमा रहेका भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा सरूवा गरिएको छ।

भक्तपुरमा रहेका सिडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँचीमा सिडिओको रूपमा सरूवा गरिएको हो।

त्यस्तै वेदप्रसाद अर्याललकाई अर्घाखाँचीबाट गृहमन्त्रालय वा अन्तर्गत कार्यालयमा सरूवा गरेको हो।

प्रतिक्रिया