त्रिभुवन विश्वविद्यालयको उपकुलपति सचिवालय तोडफोड प्रकरणमा एक युवक पक्राउ


काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको सचिवालयमा भएको तोडफोड घटनासँग सम्बन्धित आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, भक्तपुर निवासी दिक्पाल कार्कीलाई मंगलबार (जेठ २७ गते) पक्राउ गरिएको हो। एसपी अपीलराज बोहराले कार्कीमाथि अनुसन्धान थालिएको जानकारी दिएका छन्।

जेठ १४ गते त्रिविको स्नातक तहको भर्ना पुनः खोल्न माग गर्दै केही व्यक्तिहरूले उपकुलपतिको सचिवालयमा तोडफोड गरेका थिए।

प्रहरीका अनुसार त्रिविले घटनापछि दोषीमाथि कडा कारबाहीको माग गरेको थियो। त्रिविको स्नातक तहको भर्ना प्रक्रिया माघ महिनामै सकिएको थियो।

प्रतिक्रिया