२३ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय रत्नकुमार पक्राउ


पाँचथर– २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई प्रहरीले पक्राउ गरेको छ ।

रत्न कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया