


विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर चन्दको मृत्यु

कञ्चनपुर– पुनर्वास नगरपालिका-११ अमरबस्ती गवानी टोल बस्ने २५ वर्षीय कृष्ण बहादुर चन्दको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा ह्याण्ड पम्पमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

