कुवेत रोजगारीको प्रलोभन देखाएर ४ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ


काठमाडौं — वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका २७ वर्षीय अशोक कुमार साहु रहेका छन्।

साहुले कुवेतमा रोजगारी दिलाइदिने भन्दै बेरोजगार युवायुवतीहरूसँग ४ लाख रुपैयाँ असुली सम्पर्कविहिन भएका थिए। पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार पक्राउ परेपछि साहुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।

प्रतिक्रिया