


आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

काठमाडाैं- पूर्वमन्त्री अफताब आलमलाई जन्मकैदको सजाय उल्ट्याउने उच्च अदालत जनकपुरको फैसलामाथि अब न्यायिक निष्पक्षताको प्रश्न उठेको छ। आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउने युवराज सफलले सो फैसलामाथि आपत्ति जनाउँदै न्याय परिषद्मा उजुरी दिएका छन्।
वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आलमलाई सफाइ दिएको थियो। यस फैसलाले पीडित पक्ष र साक्षीहरूको सुरक्षामा खतरा उत्पन्न भएको भन्दै सफलले न्यायिक परीक्षण तथा सम्बन्धित न्यायाधीशमाथि विभागीय छानबिनको माग गरेका हुन्।
उनले न्याय परिषद्सँग फैसलाको मिसिल झिकाएर विस्तृत अध्ययन गरी दोष देखिएमा न्यायाधीशद्वयलाई निलम्बन गर्न आग्रह गरेका छन्। हालसम्म न्याय परिषद्ले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

