भ्याट खारेजीपछि सस्तो भयाे डिजिटल भुक्तानी


काठमाडौं- सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाएसँगै सेवा शुल्कमा उल्लेखनीय गिरावट आएको छ। बजेटपछि शुक्रबारदेखि लागू भएको यो नीतिले डिजिटल कारोबार गर्ने उपभोक्ताहरूलाई प्रत्यक्ष राहत दिएको छ।

विगतमा ११ रुपैयाँ ३० पैसा लाग्ने सेवा शुल्क अहिले घटेर १० रुपैयाँमा झरेको छ। त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्ने शुल्क ८ रुपैयाँमा सीमित भएको छ।

सेवा प्रदायकहरूका अनुसार भ्याट खारेजीले शुल्क कम गर्ने मार्ग खुलेपछि नयाँ दर लागु गरिएको हो। यसले डिजिटल कारोबारतर्फ सर्वसाधारणको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया