‘ब्यूरोको असई हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ


कैलाली- ब्यूरोबाट खटिएको असई हुँ भन्दै रकम माग्ने कार्यमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा ठगी आरोपमा शनिबार पक्राउ परेका हुन्।

उनले धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकसँग विगत २–३ दिनदेखि पटकपटक रकम माग्दै आएका थिए। उनले आफू “ब्यूरोबाट खटिएको असई” भएको भन्दै पैसा मागेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया