

बुहारीलाई खुकुरीले ‘छप्काई’ ससुरा पुगे प्रहरी चौकी

रामेछाप – रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा ससुराले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
शुक्रबार साँझ आफ्नो बच्चा लिन घर आएकी बुहारी अन्दाजी वर्ष २८ कि पवित्रा बुढाथोकीलाई ससुरा ६१ वर्षका शम्भु बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बुहारीको हत्यापछि ससुराले खिम्ती प्रहरी चौकीमा आत्मसमर्पण गरेको स्थानीय ध्रुव बुढाथोकीले जानकारी दिए । मृतक पवित्राका श्रीमान खम्बबहादुर बुढाथोकीले गत साउनमा आत्महत्या गरेका थिए।
स्थानीयका अनुसार छोराले आत्महत्या गरेपछि बुहारीको कारण छोरा मरेको भन्दै ससुराले आरोप लगाउँदै आएका थिए।
पवित्राको ९ वर्षको छोरा ससुरासँगै बस्दै आएका थिए।

