कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार


काठमाडौं— बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा अलपत्र परेका दुई नेपाली नागरिकको उद्धार गरेको छ। उद्धार गरिएका एक पुरुष र एक महिला शुक्रबार नेपाल फर्किएको दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि कम्बोडियामा समस्यामा परेका दुई नेपाली नागरिकलाई उद्धार गरी ०८२ साल जेठ ९ गते नेपाल फर्काइएको हो।”

उनीहरूको उद्धारपछि दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल सरकारबाट तोकिएको प्रक्रिया र श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरेको छ।

दूतावासले विशेषगरी लाओस, कम्बोडिया, म्यानमार र थाइल्यान्डजस्ता मुलुकमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपरी जान सचेत गराएको छ।

प्रतिक्रिया