

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ ।
अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने बताइएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको मोबाइल फरेन्सिक परीक्षणका लागि लिँदै छानबिन तीव्र बनाएको छ। आयोगले दैनिक रूपमा ५० हजारदेखि ३ लाखसम्म असुली गरेर गृहमन्त्रीसम्म रकम बाँडफाँट हुने गरेको दाबीसमेत गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएको व्यापक भ्रष्ट्राचार, घुससहितको भिजिट भिसा व्यापारमा गृहमन्त्रीका सचिवालयका कर्मचारी, स्वकीय सचिव तथा विभागीय अधिकारीहरूको मिलेमतो रहेको खबर आइरहेका छन्।

