

ग्वार्को फ्लाइओभरमा कालोपत्रे सुरु

ललितपुर- ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ। २०७९ मंसिर १६ गतेबाट सुरु गरिएको यो फ्लाइओभरको संरचना निर्माण केही दिनअघि सम्पन्न भएपछि बिहीबारदेखि कालोपत्रे थालिएको हो।
निर्माण पक्षका अनुसार बाँकी काममा कुनै अवरोध नआएमा फ्लाइओभर जेठ महिनाबाटै सञ्चालनमा ल्याउने तयारी छ।
कुल ४५५ मिटर लामो यो फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ। साथै, सवारी साधन चढ्न १८० मिटरको दायाँतर्फ र ११० मिटरको बायाँतर्फ र्याम्प निर्माण भइरहेको छ। अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनी आशिष-समानान्तर जेभीले जनाएको छ।

