

बोल्ड प्रियंका कार्कीका ति विवादहरू

काठमाडौं– नेपाली सिनेमा क्षेत्रमा विवाद र गसिप आइरहन्छन्। कोही जानाजान गर्छन्, कसैका जिब्रो चिप्लिने गरेका छन्।
यस मध्येकी एक पात्र हुन्, अभिनेत्री प्रियंका कार्की। हाल बैंकर रबिना देशराज श्रेष्ठकी बुहारी समेत बनेकी प्रियंका कतिपय अन्तरवार्तामा चिप्लिने गरेकी छन् भने तस्बिर र भिडिओका कारण पनि गसिपमा आउने पात्र हुन्।
एउटा अन्तरवार्तामा ‘अमेरिका–युएसए’ विवादमा आएकी उनी आयुष्मान देशराजसँगको प्रेम सम्बन्धका विषय बाहिरिँदा पनि चर्चाको पात्र बनेकी थिइन्। एउटा फिल्मी अवार्ड कार्यक्रममा यो जोडीले खुलेआम चुम्बन गरेको विषय चर्चामा आयो।
एक पटक त सेक्स सम्बन्धी छोटो अन्तरवार्ता दिएका कारण पनि कार्की विवादमा परिन्। एउटा साप्ताहिकलाई दिएको अन्तरवार्तामा उनले आफूलाई मनपर्ने आशनका विषयमा खुलस्त भनेकी थिइन्।
उनले भनेकी थिइन्– डाइनिङ टेबलमा सेक्स गर्दा सन्तुष्ट हुन्छु। त्यसपछि पाठक र उनका समर्थकले पनि उनलाई सञ्जालमा आलोचना गरेका थिए।
यसपछि बिहेपूर्व नै आफ्नी सासुआमा समेत रहेकी रबिनासँगको एउटा सेल्फी सामाजिक सञ्जालमा राख्दा उनी विवादमा तानिएकी थिइन्। त्यस तस्बिरमा रबिना पनि टु पिसमा देखिएकी छन्।
बिहेपछि भने प्रियंकाले हनिमुनमा जाँदा विभिन्न तस्बिर खिचेकी थिइन्। बोल्ड तस्बिर सामाजिक सञ्जालमा राख्दा उनी बेलामौका विवादको पात्र बन्छिन्।
हालसालै भने कोरोना महामारीपछि उनी पति आयुष्मानसँग घुम्नका लागि माल्दिभ्समा पुग्दा खिचेका तस्बिरका कारण ल्याम लाइटमा छिन्। उनले बोल्ड तस्बिर राखेपछि चर्चाको कारण बनेकी छन्।

