

अश्लील फोटो र भिडियोका कारण बलात्कारकाे घटना सार्वजनिक

अछाम- अछामको चौरपाटी गाउँपालिका–२ का २२ वर्षीय थापा थरका एक युवकलाई आफन्त नातामा पर्ने २० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।
प्रहरी स्रोतका अनुसार ती युवकले पीडित महिलासँग अवैध सम्बन्ध राखी खिचिएको अश्लील फोटो र भिडियो म्यासेन्जरमार्फत पठाएका थिए। ती सामग्री महिलाका श्रीमानले देखेपछि घटना बाहिर आएको हो।
भारतमा रोजगारी गर्दै आएका महिलाका श्रीमान केही समयअघि मात्र अछाम फर्किएका थिए। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयले ती युवकलाई बिहीबार नियन्त्रणमा लिएको हो।
हालसम्म पीडित पक्षबाट किटानी जाहेरी दर्ता नभएकाले प्रहरीले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

