चितवनमा धारिलो हतियार प्रहार गरि भतिज र छोरीको हत्या, आफूले गरे आत्महत्या प्रयास


काठमाडौं — चितवनको भरतपुरमा एक पुरूषले दुई जना बालबालिकालाई धारिलो हतियार प्रहार गरी हत्या गरि आफूले आत्महत्याको प्रयास गरेका छन् ।

भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लिला गिरीले धारिलो हतियार प्रहार दाजुका छोरा सजन र आफ्नी छोरी प्रभाको हत्या गरेका छन् ।

गिरीले ५ वर्षका साजन र ७ वर्षीया प्रभालाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका थिए ।

सजन र प्रभालाई गम्भीर अवस्थामा चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा अस्पतालमा नै उपचारको क्रममा मृत्यु भएको हो ।

उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेको जनाइएको छ ।

अहिले उनको उपचार भईरहेको छ ।

प्रतिक्रिया