मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधिशद्वय चुडाल र श्रेष्ठको इजलासमा


काठमाडौं – विगत दुई महिनादेखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ ।

मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज  न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुदैँछ ।

गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

जस अनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।

उनलाई आज  पनि अदालतमा उपस्थित गराईदैँछ ।

प्रतिक्रिया