

गौरव गिरीको शब्द र निर्देशनमा ‘लजाउने हैछौनि’ सार्वजनिक

काठमाडौं- गायिका शान्ति श्री परियार र गायक गौरव गिरीको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘लजाउने हैछौनि’ सार्वजनिक भएको छ। यो गीत ‘रिदम भिड’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गौरव गिरीको शब्द र रोहित देउवाको संगीत रहेको छ। संगीत संयोजन बिषम आचार्यले गरेका छन् भने मिक्सिङ र मास्टरीङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
गीतमा शान्ति श्री परियार र गौरव गिरीको मुख्य स्वर रहेको छ भने सुनिता बिक र रोहित जुनियरको कोरस स्वरले थप मिठास दिएको छ। वाद्ययन्त्रतर्फ गिटारमा सरोज बिस्ट, मादलमा खड्का बुढा, बाँसुरीमा रत्न बीके, र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन्। रेकर्डिङ प्रिज्म स्टुडियोमा कमल र किरणले गरेका हुन्।
भिडियो पक्षमा, गीतको निर्देशन गौरव गिरीले गरेका छन् भने कोरियोग्राफी सन्जु चौधरीको रहेको छ। राजेशनाथ, मिस पबी, दीपा शाही र दीपकनाथको अभिनयले गीतलाई जीवन्त बनाएको छ।
उत्तम हुमागाईँको छायांकन, फाइनल पिक्सेल नेपालको सम्पादन र पोष्ट प्रोडक्सन, श्याम कुँवरको कलर, सुरेश बडेको पोस्टर र ग्राफिक्स, र जयन्द्र कुँवरको फोटोग्राफी रहेको छ। मेकअपमा माही, प्रोडक्सन व्यवस्थापनमा भद्रजङ्ग कुँवर, र आईटी सपोर्टमा राजेन्द्र अर्यालले योगदान दिएका छन्।

