सांसद माया राईविरुद्ध ३७ लाख बढीको सहकारी ठगी मुद्दा दायर


काठमाडौं-  कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्था ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। सहकारीको सहसचिव पदमा कार्यरत रहँदा रकम अपचलन गरेको आरोपमा राईविरुद्ध सहकारी ठगी र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

२० जनाले दिएको जाहेरीका आधारमा गरिएको पूरक अभियोजनमार्फत सांसद राईसहित अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बराबरको बिगो माग गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले अदालतमा मुद्दा दर्ता गरेको हो।

सांसद राई हाल प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया