

कैलालीमा युवतीमाथि बलात्कार गरेकाे आराेपमा दाजुभाइ पक्राउ

कैलाली- कैलालीमा युवतीमाथि बलात्कार गरेकाे आराेपमा सहाेदर दाजुभाइ पक्राउ परेका छन् ।
चुरे गाउँपालिका-४ काे हल्दीखर्ककी २५ वर्षीया युवतीमाथि बलात्कार गरेकाे आराेपमा साेही ठाउँ बस्ने ५८ वर्षीय दुर्गादत्त कडेल र उनका सहोदर भाइ गांगे भनिने ५३ वर्षीय गंगा कडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले शारीरिक रूपमा अस्वस्थ युवतीमाथि जबरजस्तीकरणी गरेेकाे अभियाेगमा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार किशोरीकाे गर्भ बढ्दै जान थालेपछि परीक्षण गर्दा गभर्वती रहेकाे खुलेकाे थियाे ।
युवतीले दुवै कडेल दाजुभाइले आफूमाथि पटक-पटक जबरजस्तीकरणी गरेकाे बताएकी थिइन् । सुरूमा गाउँमै घटना मिलाउने प्रयास भएकाे थियोे तर हल्लाखल्ला भएपछि भने घटना प्रहरीमा उजुरी परेकाे थियो

