भारतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन नेपाली दूतावासको आग्रह


नयाँ दिल्ली — भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि उत्पन्न अस्थिरता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भारतमा रहेका नेपाली नागरिकलाई सतर्कता अपनाउन नेपाली दूतावास, नयाँ दिल्लीले आग्रह गरेको छ।

दूतावासले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामा नेपाली नागरिकहरूलाई आफू बसोबास गरिरहेको वा नजिकको क्षेत्रमा आपतकालीन सेवा प्राप्त गर्न सकिने स्थानको पहिचान गर्न र भारत सरकारले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

साथै, कुनै आपतकालीन अवस्था उत्पन्न भएमा नेपाली नागरिकहरूले दूतावास वा सम्बन्धित वाणिज्यदूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया