

कैलालीमा भाउजुमाथि गिद्धे नजर लगाउने देवर पक्राउ

कैलाली- कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षका देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए।
युवकले घरमै ढोका थुनेर भाउजुमाथि करणीको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

