विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडाैं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-६ बस्ने धादिङ नीलकण्ठ नगरपालिका-६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।

पक्राउ परेकामध्ये उमेशले यूएई पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका-६ बाट सोमबार र सुजनलाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया