तीनकुने घटनाका फरार आरोपित मिनोज थापा पक्राउ


काठमाडौं — राजावादी प्रदर्शनका लागि विभिन्न स्थानबाट अराजक समूहहरू जम्मा गरेको आरोपमा काभ्रेका मिनोज थापा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई नियन्त्रणमा लिएको हो । अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंबाट थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

४० वर्षीय थापा धुलिखेल बसपार्कमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन् । उनलाई राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया