रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ


काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन्।

 

प्रतिक्रिया