शर्मिला वाइबालाई रड हानेको आरोपमा दुईजना पक्राउ


काठमाडौं- आफूलाई सामाजिक अभियन्ता भनेर परिचित गराउने शर्मिला वाइबामाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर र भक्तपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये एक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ की ३५ वर्षीया शर्मिला राई हुन् भने अर्का भक्तपुरको चाँगुनारायण नगरपालिका–८ निवासी ४२ वर्षीय कुवेर सिलवाल (बाबु) रहेका छन् ।

प्रहरीका अनुसार ३ वैशाखको साँझ साढे ५ बजे तिर गोठाटारस्थित पहेंलो पुल नजिक शर्मिला वाइवामाथि उनीहरूले रडले आक्रमण गरेका थिए । ज्यान मार्ने उद्देश्यसहित गरिएको आक्रमणमा वाइवा घाइते भएकी छन् ।

राई र सिलवाललाई  पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

पछिल्लो समय वाइबा सामाजिक सञ्जालमा सक्रियता र विवादका कारण चर्चामा रहँदै आएकी थिइन् ।

प्रतिक्रिया