तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ


काठमाडौं– चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

झापाकाे अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेकाे काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराले बताए ।   उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ ।

काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।

यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुगेकाे छ । जसमध्ये ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

प्रतिक्रिया